युवा तथा खेलकुदमन्त्री कमला रोक्का मगरले आदिवासी जनजातिको पहिचानको राजनीतिमा घुस पैठ भएको बताएकी छन् । राजधानीको कमलादीमा असोज ५ गते आदिवासी जनजाति युवा संघद्वारा आयोजित कार्यक्रममा मन्त्री रोक्काले घुस पैठक भएकाले सचेत रहन आदिवासी जनजातिहरुलाई सचेत रहन आग्रह गरिन् ।
आदिवासी जनजाति सूचीकृत समितिका प्रमुख प्रा डा ओम गुरुङ्गले आदिवासी जनजातिलाई राज्यले बेवास्ता गरेको आरोप लगाए । जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका पिबी गोले, सोनी लामा, हर्कमान तामाङ्ग, कुसुम लामा, सुधा न्यौपाने लगायतले कार्यक्रममा आआफ्ना धारणा राखेका थिए ।
पृथ्वीमान गुरुङ्गको अध्यक्षतामा सम्पन्न कार्यक्रम ज्ञानेन्द्र पुन मगरले साचालन गरेका थिए । कार्यक्रममा स्वागत भाषण सुजन खालिङ्गले गरेका थिए ।
