स्व. डा. हर्क गुरुङको पाँचौं पुण्यतिथिको अवसरमा असोज ६ गते दिनको १२.३० बजे स्मृतिसभा हुने भएको छ । स्मृतिसभा नेपाल प्रज्ञा-प्रतिष्ठान कमलादीमा हुने जनजाति तथा वैकल्पिक विकास अध्ययन केन्द्र सिड्सका गोविन्द छन्त्यालले जानकारी दिएका छन् । छन्त्यालका अनुसार स्मृतिसभामा प्रा.डा. नोवलकिशोर राई, डा. पिताम्बर शर्मा, मल्ल के सुन्दर, बद्रीबहादुर कार्की, डा. देवेन्द्रराज पाण्डे लगायतलाई वक्ताको रुपमा आपन्त्रण गरिएको छ । सिड्सले हरेक १५ दिनमा डा. हर्क गुरुङ्ग बहस श्रृखंला पनि साचालन गर्दै आएको छ । खरो बौद्धिक वक्ताको रुपमा चिरपरिचत गुरुङ्गको केही वर्ष पहिलो हवाईजहाज दुर्घटनामा निधन भएको थियो ।

