
नेपाल मगर महिला संघको १४ औं स्थापना दिवस भव्यतापूर्वक सम्पन्न भएको छ । असोज १४ गते काठमाडौंमा एक कार्यक्रमका वीच स्थापना दिवस मनाइएको हो ।
युवा तथा खेलकुद मन्त्री कमला रोका मगरको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा मगर महिला संघका संस्थापक अध्यक्ष बमकुमारी बुढा मगर, नेपाल मगर संघका पूर्व अध्यक्षद्वय गोरेबहादुर खपाङ्गी मगर र यमबहादुर बुढाथोकी मगर, मगर संघका पूर्व महासचिव तथा एमाओवादी नेता सुरेश आले मगर, मगर संघका उपाध्यक्ष नविन रोका मगर, संघका पूर्व अध्यक्ष क्या देउबहादुर राना मगरको उपस्थिति रहेको थियो । यसैगरी नेपाल आदिवासी जनजाति महासंघका महासचिव आङकाजी शेर्पा, जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका पूर्व सदस्य सचिव लोकबहादुर थापा मगर, मगर संघ ललितपुरका अध्यक्ष गुप्तबहादुर राना, पदमा आले मगर लगायत पनि कार्यक्रममा उपस्थित थिए ।
मगर महिला संघका अध्यक्ष गंगा खासु मगरको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संघ स्थापनादेखि यताको कार्यसमिति यसको उद्देश्य लगायतको बारेमा पनि जानकारी दिइएको थियो ।







