भुकम्पको कारण १० जनाको मृत्यु भएको छ । २०६८ असोज १ गते साँझ ६ बजेर ३३ मिनेट जाँदा आएको भुकम्पका कारण काठमाडौंमा ३ र धरानमा दुई गरी पाँच जनाको ज्यान गएको समाचार प्राप्त भएको छ ।
लैनचौरस्थित बेलायती दुतावासको पर्खाल भत्किदा गोर्खाका ३६ वर्षीय साजन श्रेष्ठ, उनका आठ वर्षीय छोरी अनिषा र सिन्धुलीका वीरबहादुर माली रहेका छन् । धरानमा २२ वर्षीय सन्तोष परियार र पाँच वर्षीय विमल परियारको निधन भएको खबर प्राप्त भएको छ ।
भक्तपुर लगायतका स्थानमा घरबाट हाम्फाल्दा खुट्टा भाँचिएकाहरुको अस्पतालमा उपचार हुँदै । भुँईचालो आउँदा नआत्तिर होसिएर पूर्वक सुरक्षितस्थानमा जान विज्ञहरुको सुझाव ।
६.८ रेक्टर स्केलको भुकम्पबाट देश भरी भएको क्षती आउने क्रम जारी रहेको उपप्रधान तथा परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठले मन्त्रीपरिषदको वैठकपछि जानकारी दिएका छन् । भुकम्प आएपछि बसेको मन्त्री परिषद वैठकले देशभरी उद्दारमा खटिन र पिडितलाई तत्काल राहत उपलब्ध गराउन निर्देश दिएको छ ।
भुकम्पको समयमा व्यवस्थापिका संसदको वैठक चलिरहेको थियो । भुकम्पको केन्द्र विन्दु भारतको सिक्किम भएपनि नेपालमा सबैभन्दा बढीको ज्यान गएको छ । आज तक टिभीका अनुसार भारतमा दुई जनाको मृत्यु छ भने बंगला देशमा तीन जनाको मृत्यु भएको बताइएको छ ।
भुकम्प १९९० साल यताकै शक्तिशाली मानिएको छ । असोज १ गते राती १० बजे यो तयार समाचार पार्दासम्म राजधानी पाँच दर्जन घाइते भएका छन् । उनीहरुको वीर अस्पताल महाराजगंजको टिचिङ्ग अस्पतालमा उपचार भईरहेको छ ।
यो तयार पार्दासम्म पनि काठमाडौंवासी फेरी भुकम्प आउने भयले त्रसित छन् । आजको भुकम्प लगातार १५ पटक आएको बताइएको छ । शुरुमा सबैभन्दा शक्तिशाली ६.८ रेक्टरस्केलको भुकम्प आएकाले तत्काल अर्को भुकम्प आउने सम्भावना कम रहेको बताइएको छ ।
भुकम्प आउँदा कसरी बच्ने जान्न यो पढ्नुहोस् । भुकम्पबाट बच्न के गर्ने ?
थप विवरण आउन बाँकी ।
