नेपालका प्रथम सहिद लखन थापा मगरको विषयमा थप अध्ययन हुने भएको छ । प्रमथ सहिद लखन थापा मगर स्मृति प्रतिष्ठानको मातहतमा रहने गरी इतिहासकारहरुको समिति निर्माण हुन लागेको प्रतिष्ठानका महासचिव जीवन आले मगरले जानकारी दिएका छन् । प्रथम सहिद लखन थापा मगर भएकोमा कुनै द्विविधा नरहेपनि उनको विषयमा थप अध्ययनका लागि समिति बन्न लागेको हो ।
प्रथम सहिद लखन थापा मगरको विषयमा भदौ ३१ गते ललितपुरको जावलाखेलमा वृहत छलफल भएको छ । कार्यक्रमका प्रमुख अतिथि युवा तथा खेलकुद मन्त्री कमला रोका मगरले प्रथम सहिद लखन थापा मगर भएकोमा कुनै विवाद नभएको र प्रथम सहिद घोषणा गराउन आफूले सकेको मद्दत गर्ने बताइन् ।
कार्यक्रममा प्राध्यापक डा. श्रीरामप्रसाद उपाध्यायले ‘प्रथम सहिद लखनथ थापा मगर संर्घष र जीवन’ र त्रिलोक सिँ थापा मगर(यसकारण हुन् लखन थापा मगर प्रथम सहिद)ले ‘प्रजातान्त्रिक आन्दोलनमा लखन थापाको योगदान र प्रथम सहिदको स्थान’ विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यपत्रमाथि प्राध्यापक दिनेशराज पन्त र उपप्राध्यापक बाबुराम सिँ थापाले टिप्पणी गरेका थिए ।
कार्यक्रमको पहिलो सेसनको अध्यक्षता प्रतिष्ठानका अध्यक्ष रुलबहादुर आले मगरले र दोस्रो सेसनको अध्यक्षता प्राध्यापक डा तुलसीराम वैद्यले गरेका थिए । कार्यक्रम प्रतिष्ठानका महासचिव जीवन आले मगरले साचालन गरेका थिए ।
मेरो जिज्ञासा क्याप्टेन भए नभएकोमा मात्रै हो-विपि सिँ
कान्तिपुर दैनिकमा प्रथम सहिदको विरुद्धमा पाठक प्रतिकि्रया कल्ले भन्यो लखन थापालाई पहिलो शहिद ? लेखेका विपि सिँहले लखन थापा मगर प्रथम सहिद भएकोमा कुनै शंका नरहेको तर क्याप्टेन थिए कि थिएनन् भन्नेमा मात्रै आफ्नो चासो व्यक्त रहेको बताएका छन् । नेपाली आर्मीको इतिहासमा शोध गरेका प्रेमसिँ बस्न्यातले आफै विपि सिँह भएको बताएका हुन । बस्न्यातले यसअघि पनि कान्तिपुरमा प्रथम सहिदको विपक्षमा प्रतिकि्रया लेखेका थिए । इतिहासकारहरु अगाडि भएर हो कि किन हो लखन थापा सम्बन्धी कार्यक्रममा क्याप्टेन हो कि होइन भन्ने विषयमा वाहेक उनले अन्य विषयमा कुनै प्रश्न उठाउन सकेनन् ।
कल्ले भन्यो लखन थापालाई पहिलो शहिद ?
यसकारण हुन् लखन थापा मगर प्रथम सहिद
शहीद लखन थापा मगरलाई नबुझ्ने मतिभ्रमको समस्या
प्रसंग लखन थापाको, कथा-व्यथा जनजातिको
