‘म जातीय भेदभाव र छुवाछुतको विभेदको अन्त्य गर्न प्रतिबद्ध छु’ भन्ने मूला नारा रहेको ुजातीय भेदभाव र छुवाछुत विरुद्धको सयदिने अभियानु सुरु भएको छ । राष्ट्रिय दलित आयोग र संयुक्त राष्ट्रसङ्घ उच्चायुक्तको कार्यालय नेपालद्वारा संयुक्त आयोजनामा भदौ ३० गतेदेखि शुरु भएको हो । अभियान १०० दिन सचालन हुने आयोजकले जानकारी दिएको छ ।
नेपालकै वैज्ञानिक समेत सम्मिलित टोलीले चन्द्र ग्रहमा पानीको फेला पारिसकेको सन्दर्भमा नेपालमा भने छुवाछुत जस्तो घृणित र नीच व्यवहारको विषयमा बहस गर्नु परेको छ । त्यो भन्दा ठूलो कुरा न शासकहरु यस्तो समस्यालाई समाधान गर्न चाहन्छन् न सम्बन्धित समुदायका अगुवाहरुले व्यवहारिक समाधान पत्ता लगाउन सकेका छन् ।
