
मिस मगर तनहुँको ताज सारा राना मगरले जितेकी छन् । तनहुँको दमौलीमा भदौ ३० गते सम्पन्न प्रतियोगितामा फस्ट रनरअप सुशिला थापा मगर सेकेण्ड रनरअप पत्रिता थापा मगर र तर्थ रनरअप पवित्रा सारु मगर भएकी छन् ।
कार्यक्रमका प्रमुख अतिथि नेपाल मगर महिला संघका केन्द्रिय अध्यक्ष गंगा खासु मगरले विजेताहरुलाई ट्रफी प्रदान गरेकी थिइन । यसैवर्ष सम्पन्न मिस मगर पोखरा अनु थापाले सारालाई क्राउन लगाइ दिएकी थिइन ।
प्रतियोगिहरुलाई मातृभाषामा परिचय दिन लगाइएको थियो । २१ सहभागीले २५ दिनसम्म प्रशिक्षण लिएका थिए । नेपाल मगर संघ तनहुँको आयोजनामा सम्पन्न कार्यक्रमको अध्यक्षता यम सारु मगरले गरेका थिए ।
जाती भाषा संस्कृतिको उत्थान प्रतिभाको प्रस्फुटन हाम्रो अभियान भन्ने नारा तय गरिएको यस प्रतियोगितामा युवराज मास्की राना मगर, प्रतिमान पुन मगर र कासिङ्ग राना मगर निर्णायक रहेका थिए ।



