१८ लाख सदुपयोग गरेनन्-झकबहादुर थापा

Read Time:3 Minute, 5 Second

आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका उपाध्यक्ष झकबहादुर थापा मगरले क्रान्तिका कुरा गर्ने आदिवासी जनजाति अगुवाहरुले कास्कीमा जनजातिको सामुदायिक भवन निर्माणका लागि प्रतिष्ठानले उपलब्ध गराएको रकम सदुपयोग गर्न नसकेको बताएका छन् ।  प्रतिष्ठानद्धारा भदौ २९ गते पोखरामा आयोजित कार्यक्रममा प्रतिष्ठानले उपलब्ध गराएको १८ लाख ५० हजार रुपैया त्यहाँका जनजातिहरुले सदुपयोग गर्न नसकेको उल्लेख गरेका हुन । कार्यक्रमका प्रमुख अतिथी थापा मगरले आयोजना आदिवासी जनजातिको सुनिश्चितताका लागि सहयोगी बन्ने दावी गरे ।

आदिवासी जनजाति अधिकारका लागि सम्वादद्धारा शान्ति निर्माण आयोजना परिचयात्मक गोष्ठीका सहभागीहरुले आदिवासीहरुलाई अल्मल्याउन सम्वादद्धारा शान्ति निर्माण आयोजना ल्याइएको आरोप लगाए । कार्यक्रममा तमु िधं नेपालका राजेन्द्र तमु, थकाली सेवा समितिका अध्यक्ष अम्बर तुलाचन, मगर संघ कास्कीका सचिव यामबहादुर थापा, आदिवासी जनजाति विद्यार्थी महासंघका केन्द्रिय सदस्य फरेन्द्र थापामगर, जिल्ला अध्यक्ष युवराज तमु, केवि तमु, अनिस श्रेष्ठ, इमानबहादुर तमु, मनोज घर्ती, ज्योति भट्टचन, विष्णु शंकर, ख्वाउजु यमी तामाङ, राजेन्द्र खड्गी, कुमार थापा, हुमबहादुर तमु, दीपक तामाङ, धर्मबहादुर तमु लगायतले आदिवासी जनजाति विच कुनै द्धन्द्ध नभएकाले सम्बादद्धारा शान्ति निर्माण आयोजनाले अधिकारका लागि सहयोग गर्नुपर्ने जोड दिए ।

कार्यक्रममा महिला तथा बालवालिका कार्यलयका मैना खाँण जिल्ला प्रसासन कार्यलयका पदम लामिछाने उत्पिडित जातिय मुक्ति समाजको केन्द्रिय उपाध्यक्ष टेकु नेपालीले समान अधिकार आवाश्यक रहेकोमा जोड दिएका थिए ।

आदिवासी जनजाति महासंघ कास्कीका अध्यक्ष पानबहादुर घर्तीको अध्यक्षता र सचिव पुर्ण ह्योल्मोले साचालन गरेको कार्यक्रममा परियोजनाका फिल्ड सुपरिवेक्षक आशा माझीले परियोजनाका बारेमा चर्चा गरेका थिए । परियोजना नेपालका तीस जिल्ला मध्ये कास्कीमा पनि साचालन हुने भएको छ ।  

हुम तमु\पोखरा

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %