विज्ञ समूहमा जनजातिलाई राख्न माग्न

Read Time:1 Minute, 10 Second

जातीय भेदभाव विरुद्ध राष्ट्रिय मच (एनकार्ड)ले राज्य पुनःसंरचनासम्बन्धी विवाद सुल्झाउन गठन हुन लागेको विज्ञहरुको समूहमा आदिवासी जनजाति, दलितलाई राख्न माग गरेको छ । राजधानीमा भदौ २९ गते आयोजित कार्यक्रममा एनकार्डका अध्यक्ष डा. सुमित्रा मानन्धर गुरुङ्गले विज्ञ समूहमा पनि दलीय भाग बन्दा नै गर्ने भए त्यो अर्थ हिन हुने धारणा राखेका थिए ।

अधिकारकर्मी मल्ल के सुन्दरले विज्ञ समूह बनाउँदा राज्यले बहिस्करणमा पारेका समुदायलाई छुटाउन नहुने उल्लेख गरे ।

कार्यक्रममा सभासदहरु मङ्गलसिद्धि मानन्धर इन्द्रबहादुर गुरुङ र बुद्धरत्न मानन्धरले आआफ्ना धारणा राखेका थिए । कार्यक्रममा अधिकारकर्मी श्याम श्रेष्ठले कार्यपत्र प्रस्तुत गरेका थिए ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %