क्षेत्री समाज नेपालले सबै जातीले लगाउने पहिरणलाई राष्ट्रिय पोशाक मान्ने मन्त्री परिषदको निर्णय जलाएका छन् । क्षेत्री समाजले भदौ २८ गते पोखरामा मन्त्रीपरिषदको निर्णय जलाएका हुन । माधवकुमार नेतृत्वको सरकारले क्षेत्री र वाहुनले लगाउने लुगालाई राष्ट्रिय पोशाक बनाउन निर्णय गरेकोमा देश विदेशमा विरोध भएपछि अहिलेको सरकारले १०३ जातीकै पोशाकलाई राष्ट्रिय पोशाक मान्नु पर्ने निर्णय गरेको थियो ।
तर क्षेत्री समाजले आफ्नो जातीय पहिरण दौरासुरुवाललाई १०३ जातीले राष्ट्रिय पोशाक बनाएर अनिवार्य लगाउनु पर्ने माग राख्दै दिनको १२ देखि १ बजे सम्म चक्काजाम समेत गरेका हुन । मन्त्रीपरिषदको निर्णय जलाउन क्षेत्री समाजको केन्द्रीय कार्यालय पोखराको नयाँबजारस्थित कार्यालयबाट निस्किएको र् यालीले पृथ्वीचोक एकघन्टा चक्काजाम गरेको हो ।
समाजका केन्द्रीय महासचिव कुमार खड्काले अन्य जातीको पहिरणलाई पनि मान्यता दिने हो भने आन्दोलन अझ सशक्त बनाउने चेतावनी दिए । क्षेत्री र वाहुनले लुगालाई मात्रै राष्ट्रिय पोशाक बनाउनु पर्ने र यसका लागि आफूहरु संघर्ष गर्न तयार रहेको खड्काको भनाई थियो ।
क्षेत्री र वाहुनको लुगालाई राष्ट्रिय पोशाक बनाउने निर्णयको आदिवासी जनजाति मधेशी अधिकारकर्मी लगायतले विरोध गरेका थिए ।
सम्बन्धित समाचार
यसरी जलाइए सर्वोच्चको फैसला (फोटो फिचर)
पहाडी वाहुनको पोशाकलाई राष्ट्रिय भन्नु सामन्ती एक जातीय चरित्रको निरन्तरता-लोकतान्त्रिक मधेशी संगठन
पहाडी वाहुनको पोशाकलाई राष्ट्रिय पोशाक मान्दैनौं-मधेशी मोर्चा
‘दौरा सुरुवाल विरुद्ध ९ भदौमा माइतीघर मण्डला जाउँ’
