गोली हानेको अभियोगमा आचार्य र पुन पक्राउ

Read Time:1 Minute, 32 Second

रुपन्देहीको देबदह खैरेनी चौराहामा केही समय अगाडि भएको गोली काण्डमा संलग्न रहेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय रामनगर बुटवलका अनुसार पक्राउ पर्नेहरुमा देबदह निवासी हरी आचार्य  र मनोज पुन रहेका छन् । पून र आर्चायलाई रुपन्देहीको मक्रहरबाट पक्राउ गरेको वडा प्रहरीले जनाएको छ ।

बिगत केही समय  देखि खैरेनी क्षेत्रमा बिभिन्न बिषयहरुलाई लिएर एक आपसमा झगडा पर्दा समेत हवाई फाएर गरी स्थानीय वासीलाई आतंकित पारेको प्रहरीको आरोप रहेको छ । गाँउमा  हातहथियार सहित आतंक मच्चाएको र बिभिन्न समयमा भएका अन्य घटनामा पनि उनीहरु संलग्न रहेको हुन सक्ने प्रहरीले आशंका गरेको छ । सोही काण्डका केही आरोपीहरु भने फरार रहेको र उनीहरुको खोजी कार्य तिव्ररुपमा जारी रहेको प्रहरीले जनाएको छ ।

हाल पक्राउ परेका आरोपीहरु ईलाका प्रहरी कार्यालय वुटवलमा रहेको  र उनीहरु माथि अनुसन्धान भैरहेको ईलाका प्रहरी कार्यालय बुटवलले वताईएको छ ।

गोविन्द घर्ती\देवदह

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %