काठमाडौंको न्यूरोडस्थित ताजा गुँदपाक श्रीकृष्ण गुँदपाक र कन्हैया ब्रान्डको घिउ खानै नहुने अवस्थ्ामा रहेको प्रमाणित भएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रक विभाग स्रोतका अनुसार गुँदपाका र घिउमा दिसा पिसाबमा पाइने जिवाणू फेला परेको छ ।
गुणस्तर विभागले परिक्षण गर्दा गुँदपाक र घिउमा संक्रमित र स्वास्थ्यका लागि हानिकारक तत्वको मात्रा नै बढी भएको प्रमाणित भएको हो । जनावरको बोसो मिलाइएको र मानव मलमुत्र प्रयोग किन गरियो भन्ने विषयमा अध्ययन भईरहेको छ ।
काठमाडौंका प्रमुख जिल्ला अधिकरी लक्ष्मीप्रसाद ढकालले गुँदपाक र घिउ खानै नहुने अवस्थामा रहेको परिक्षणबाट प्रमाणित भएको जानकारी दिएका छन् ।
यसैवीच बालाजुस्थित पुष्प डेरी फर्मबाट गुणस्तरहिन १००० लिटर दुध नष्ट गरिएको छ । उता प्रयाग पोखरीबाट माँ दुर्गा आलु प्यास पसलका साचालक किशोर साह पनि प्रहरीको गिरफ्टारीमा परेको छ ।
