आदिवासी जनजातिहरु शैक्षिक क्षेत्रमा अगाडि बढ्नु पर्नेमा एक कार्यक्रमका वक्ताहरुले जोड दिएका छन् । रुपन्देहीको देवदहमा खेमा तमु छोंज धी देवदहले भदौ २४ गते आयोजना गरेको गरेको तमु विद्यार्थीहरुलाई सम्मान कार्यक्रममा बोल्ने बक्ताहरुले यस्तो धारणा राखेका हुन ।
कार्यक्रममा बोल्दै तमु खेमा लिपिका केन्द्रीय महासचिव तथा तमु विद्यार्थी छोंज धीका संस्थापक अध्यक्ष भिम तमुले राज्यले प्राथमिक तहमा मातृभाषामा पठनपाठन गर्ने भनेर भने पनि व्यवहारमा लागु गर्न नसकेको बताए । उनले मातृभाषाको पढाई राज्यले देखाउने दातको रुपमा प्रयोग गरेको आरोप लगाउनु भयो । मातृभाषाको पठनपाठनले जातिय पहिचान र संस्कृतिलाई जोगाउन मद्दत पुग्ने भएकोले मातृभाषालाई उच्च तहसम्म लागु गर्नु पर्नेमा तमुले जोड दिए ।
सोही अवसरमा बौल्दै नेपाल तमु विद्यार्थी छोंज धीका केन्द्रीय प्रचार विभाग प्रमुख लोक गुरुङ्गले विद्यार्थीलाई सम्मान गर्ने कार्यले विद्यार्थीको हौसला बढ्ने र जातिय पहिचान कायम राख्न मद्दत पुग्ने उल्लेख गरे । उनले हालसम्म राज्यमा ३७ प्रतिशत जनजातिहरु भएपनि निजामति क्षेत्रमा जम्मा २ प्रतिशत मात्र रहेकोले आदिवासी जनजातिहरु शैक्षिक क्षेत्रमा अगाडि बढ्नु पर्ने धारणा राखे ।
यसैगरी नेपाल तमु विद्यार्थी छोंज धी रुपन्देहीका अध्यक्ष धनु तमुले सम्मान कार्यले विद्यार्थीलाई राम्रो बाटो तर्फ लाग्न हौसला मिल्ने बताए । तमुले तमु विद्यार्थीहरुको हक हितको लागि नेपाल तमु विद्यार्थी छोंज धी लागि परेको दावी गरिन ।
कार्यक्रममा तमु पेल्हु संघका केन्द्रीय सदस्य छत्र बहादुर तमु, देवदह खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष जसमान गुरुङ्ग, पेल्हु संघ बुटवलका भक्त तमु, जित बहादुर तमु, पत्रकार त्रिलोचन दाहाल, घनबहादुर गुरुङ्ग, मिना गुरुङ्ग लगायतले बोल्दै शैक्षिक क्षेत्रमा अगाडि बढ्नु पर्नेमा जोड दिएका थिए । खेमा तमु छोंज धी देवदहका अध्यक्ष थमन तमुको अध्यक्षता चेत बहादुर तमुको स्वागत र रिता तमु विश्व तमुको संचालनमा सम्पन्न भएको कार्यक्रममा ३६ जना तमु विद्यार्थीहरुलाई सम्मान गरिएको थियो ।
गोविन्द घर्ति\देवदह
