राष्ट्रिय जनमुक्ति पार्टी नरसिंह गाउं एकाइ समिति माहानन्द मण्डलको अध्यक्षतामा वाह्र सदस्य समिति गत शनिवार नरसिंह गाविस कार्यलय भवणमा गठन भएको छ।
समितिको उपाध्यक्षमा हिरा उराव, सचिवमा विनोद उराव, सह सचिवमा चन्द्र किशोर मण्डल, सगंठन सचिवमा जोगेन्द्र उराव र कोषाध्क्षमा बुद्धराम उरावलाई चयन गरेको छ। त्ससै गरि सदस्यहरुमा क्रमश: शिवलाल उराव, बिरेन्द्र मण्डल, राजकुमार मण्डल, महेसलाल उराव, सन्जय खत्वे, राजेलाल उराव रहेको छ।
राष्ट्रिय जनमुक्ति पार्टी क्षेत्र न.५ क्षेत्रिय समिति सुनसरीको भर्खरै सम्पन्न भेलाले गरेको प्रत्येक शनिवार गाउं छिर्ने अभियान अन्तर्गत गात शनिवार नरसिंह गाउएकाइ समिति गठन भएको हो। अभियानलाई निरन्तरता दिनको लागी भोली अर्थात भदौ २४ गते शनिवार बसन्तपुर र हरि नगरा गाविस एकाइ समिति गठन गर्ने कार्यक्रम रहेको क्षेत्रिय अध्यक्ष हेमन्त उरावले जानकारी दिनु भयो। यस अघि यि गाविसहरुमा जनमुक्ति पुग्न सकेको थिएन। यो अभियानले यस क्षेत्र अन्तर्गत पर्ने दशवटा गाविसहरुमा जनमुक्तिको गाउएकाइ समिति गठन हुने भएको छ। गाउँ एलाइ समिति नभएता पनि दलिय समयन्त्रमा दशैवटा गाविसमा प्रतिनिधित्व रहेको छ।
सुधीर लिम्बु\ इनरुवा
