काँग्रेसबाट राजमुपा प्रवेश

Read Time:1 Minute, 18 Second

नेपाली काँग्रेस सम्बद्धस्थानीय ४६ जनाको समूह राष्ट्रिय जनमुक्ति पार्टीमा प्रवेश गरेका छन् । देशव्यापी रुपमा भाका अभियान संचालन गरिरहेको सो पार्टीको भदौ २४ गते नवलपरासीको रामनगर गाविसमा भएको कार्यक्रममा उनीहरु सामूहिक रुपमा प्रवेश गरेका हुन ।

नवप्रवेशीहरुलाई कार्यक्रमका प्रमुख अतिथि तथा जनमुक्ति पार्टी संघीय परिषदका सदस्य कर्णबहादुर सुनारीले सदस्यता वितरण गरेका थिए । नवप्र्रवेशी सहित क्षेत्र नम्बर चारका नेता कार्यकर्तालाई सुनारी प्रशिक्षण समेत दिए ।  

कर्णबहादुर थापाको अध्यक्षता सम्पन्न कार्यक्रममा सो पार्टीका फेडरल हाउस सदस्य निरबहादुर आले, भीम दर्लामी लगायत पार्टी दिन दिनै सशक्त बन्दै गईरहेको धारणा राखेका थिए । कार्यक्रम रमेश रानाले साचालन गरेका थिए । नवलपरासीमा भदौ २६ गते सम्म प्रशिक्षण संचालन हुने भएको छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %