
तस्विर: सूर्य सारु मगर
राष्ट्रिय जनमुक्ति पार्टीको भाका अभियान अन्र्तगत मोरङ्गको बेलवारीमा जिल्ला स्तरीय प्रशिक्षण सम्पन्न भएको छ । सो पार्टीका केन्द्रिय संगठन सचिव सिद्धि तुम्बाहाम्फेको प्रमुख आतिथ्य प्रशिक्षण कार्यक्रम भएको हो । उनले राजनीतिक प्रशिक्षण दिएका थिए ।
कार्यक्रमका अर्का प्रशिक्षक तथा संघीय परिषद सदस्य सूर्य सारु मगरले चौथो महाधिवेशनबाट पारित पार्टीको राजनीतिक कार्यदिशा विधान र आचार संहिताको विषयमा प्रशिक्षण दिएका थिए ।
जिल्ला अध्यक्ष चन्द्र लिम्बुले अध्यक्षता गरेको कार्यक्रमलाई जनमुक्ति फेडरल हाउसका सदस्य मनबहादुर राई जिल्ला इन्चार्ज धनध्वज लिम्बु लगायतले सम्बोधन गरेका थिए । प्रशिक्षणमा सहभागीहरुले पार्टीको सांगठनिक संरचनाको विषयमा चिन्ता चाहेर गरेका थिए ।
भदौ २४ गते उर्लाबारी र २५ गते सुन्दरपुरमा क्षेत्रीयस्तरको प्रशिक्षण हुने नेता सारु मगरले जानकारी दिएका छन् ।

तस्विर: सूर्य सारु मगर
