बुटवलबाट गुल्मीको तम्घास जादै गरेको लु १ ख ४९५८ नं को यात्रुबहाक बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । पाल्पा तानसेनको वडा नं ५ टक्सारटोल निर अपुभिलेज भन्ने स्थानमा सडकबाट भदौ २३ गते बस खस्दा उनीहरुको मृत्यु भएको हो ।
दुर्घटनामा परेर मृत्यु हुनेमा तम्घास ८ गुल्मीका ४० बर्षिय मानब दर्जी र दिगाम ३ गुल्मीका ६५ बर्षिय ईन्द्रकला पोख्रेलको घटनास्थलमै तथा बराङदी ४ पाल्पाका २५ बर्षिय अमृत घर्तीको उपचार गर्न अस्पताल लैजादै गर्दा बाटोमा मृत्यु भएको हो ।
दुर्घटनामा २० भन्दा धेरै घाइते भएका छन् । घाइतॆको पाल्पा मिसन अस्पताल र लुम्बिनी मेडिकल कलेज तानसेनमा उपचार भैरहेको छ । विपरित दिशावाट आईरहेको गाडीलाई साइड दिनेक्रममा दुर्घटना भएको बताइएको छ ।
देब पचभैया \पाल्पा
