जनजातिले राजदूत डा. तामाङलाई बिदाई गर्ने

Read Time:1 Minute, 21 Second

टोक्यो  सेप्टेम्बर ९  
नेपाल आदिबासी जनजाति महासंघ जापानले हाच्चोबोरी च्युओकु टोक्योमा आगामी सेप्टेम्बर १७ तारिख शानिबार साँझ टोक्योस्थित हिमालयन मुन क्याफेमा जापानका लागि नेपाली राजदूत डा। गणेश योञ्जन तामाङलाई  आफ्नो ४ वर्षे कार्यवधिमा गरेका असल कार्यहरुको उच्च मुल्यांकन गर्दै उनको सम्मानमा अभिनन्दन तथा बिदाई कार्यक्रमको आयोजना गर्ने भएको छ ।
महासंघ जापानका महासचिव पासांग  शेर्पाले  उक्त बिदाई कार्यक्रममा आफ्नो उपस्थित जनाई दिनको लागि जापानवासी सम्पूर्ण आदिवासी जनजाती दाजु भाई दिदीबहिनीहरुलाई नेपाल आदिबासी जनजाति महासंघ जापानको तर्फबाट अनुरोध गरेको छ। त्यस्तै महासंघ मातहतमा रहेका सम्पूर्ण सदस्य संगठनलाई आफ्नो सम्पूर्ण पदाधिकारी र सदस्यहरु सहित अनिवार्य उपस्तिथिको लागि अनुरोध गरेकोछ ।

श्याम राना मगर

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %