शेर्पा जातिको आधिपत्य रहेको सगरमाथा आरोहणमा दलित समुदायले सामुहिक रुपमा पहिलो पटक पाइला टेक्ने जमर्को गरेको छ । राजधानीमा भदौ २२ गते दिइएको जानकारी अनुसार प्रथम दलित सगरमाथा आरोहण २०१२ नामक आरोहण टोलीमा आठ सदस्य रहेका छन् । टोलीमा अमृत सार्की, विमलकुमार भित्रकोटी, गिरिबहादुर सुनार, दलवीर भियाल, रामकुमार नेपाली, मोहनबहादुर विक, समुन्द्र परियार र सम्झना बिशंखे रहेका छन् ।
उनीहरुले प्राकृतिक स्रोत र साधनमा दलित समुदायको अधिकार सुनिश्चित गराउने उद्देश्यले आरोहण गर्न लागेको टोलीका संयोजक अमृत सार्कीले जानकारी दिए । उनीहरुले विश्वको अग्लो शिखर सगरमाथाबाट जातीय छुवाछूत जस्तो घृणित अपराधको विरोध गर्ने लक्ष्य समेत लिएका छन् ।
