के के भयो मलेसियाको खगेन्द्र उत्सवमा ?

Read Time:5 Minute, 42 Second

क्वालालम्पुर । मलेसियामा मूस्लिम धर्मावालम्विहरुको महान चाड हरियायाको अवसर पारेर प्रवासी मगर संघ मलेसियाले ‘खगेन्द्र उत्सव भिजिट नेपाल २०११’ सम्पन्न गरेको छ ।  गिनीज बुक अफ वल्र्ड रेकर्डसमा संसारकै होचो र कम तौल भएको व्यक्तिको रुपमा नाम लेखाउन सफल खगेन्द्र थापा मगरको नामबाट नामाकरण गरिएको उक्त कार्यक्रम मलेसियाको  जोहोर बारु, पेनाङ्ग, क्वालालम्पुर र पोटकेलाङ्गमा कार्यक्रमको आयोजना गरिएको थियो ।
नेपाल पर्यटन बर्ष २०११ को प्रचार-प्रसार र प्रवर्धन साथै सम्पूर्ण मलेसियामा कार्यरत नेपालीहरुको हरिराया विदालाई मध्यनजर गरि मलेसियामा कार्यरत नेपालीहरुको मनोराजनको निम्ति नायिका करिश्मा मानन्धरको मनमोहक नृत्यले दर्शकलाई निकै आकर्शित गरेको थियो । यूवा ढुक-ढुकी लोक पप गाएक क्रान्ति आलेको ए होइ… छोरी माग्न जाँदा … मैच्याङ्ग होइ, च्याङ्ग जस्ता गीतले ४ वटै शहरमा दर्शकलाई वाह्वाह लुटेको थियो ।
लोक दोहोरी गायिका मुना थापा मगरको चिसो…चिसो हावा …, तिते करेलीले…र डाँडै पिपलु जस्ता गीतले मात्रै होइन नृत्यङ्गना अनिता रन्जितकारको नृत्यले तालिको गडगडाहट पाएको थियो । हाँस्य कलाकार शुशिल कुमार थापा मगरले नारी र पुरुष स्वरमा दोहोरी गीत र विभिन्न कलाकारको क्यारिकेचर गर्दा दर्शक पेट मिचीमिची हाँसेका थिए । कार्यक्रमकै मुख्य आकर्षक केन्द्र रहेका माननिय खगेन्द्र थापा मगरले लोक गीतमा खुकुरी नाचले सम्पूर्ण दर्शकलाई अचम्ममा पारेको थिए ।
२७ अगस्टको दिन मलेसियामा खगेन्द्र थापा साथै सम्पुर्ण कलाकारहरुको आगमन संगै हिलटन होटलमा मलेसियन पत्र पत्रिका र टेलिभिजनका समाचार दाताहरुको विचमा सबै यूनिटीलाई उपस्थित गराई प्रेस कन्प्रुेन्स गरिएको थियो । प्रेस कन्प्रुेन्स संगै सुरुवात भएको कार्यक्रम २ सेप्टेम्बरको दिन होटल आंकासामा भिआइपि शो संगै समाप्त भएको थियो ।
नेपाल दुतावास मलेसियाको तर्फबाट विभिन्न राष्ट्रका राजदुतहरुलाई आमन्त्रन गरिएको उक्त भिआइपि शो कार्यक्रममा सम्पुर्ण कलाकार साथै खगेन्द्र थापा मगर ज्यूलाई आयोजक प्रवासी मगर संघ मलेसिया र नेपाल  दुतावास मलेसियाको तर्फबाट सम्मान तथा कदर पत्र प्रदान गरि सम्मान गरिएको थियो । खगेन्द्र उत्सव भिजिट नेपाल २०११ कार्यक्रमको आयोजनाले राष्ट्र र राष्ट्रियताको लागि केही राहत पुगेको छ । लाखौं मलेसियन स्थानियवासीहरु विच खगेन्द्र थापा संस्ारका होचा व्यक्तिको नाममा २०१० मा गिनिज वुकमा नाम लेखाएपछि मलेसिया पहिलो पटक आएका हुन् ।
खगेन्द्र उत्सव भिजिट नेपाल २०११ कार्यक्रममा आएता पनि आयोजकले विभिन्न कार्यक्रम मार्फत  भिजिट नेपाल २०११ लाई लक्षित गरी खगेन्द्र थापा मगर नेपालका हुन् उनले विश्व किर्तिमान राखेका थिए भन्ने सन्देश दिएको थियो ।

कार्यक्रमलाई नेपाल दुतावास नेपाल एअरलाईन्स नेपाल पर्यटन वोर्डले सहयोग गर्नुको साथै युनिक यसोसेटले कार्यक्रमको व्यवस्थापन मिलाउँनुको साथै नेपाल पृष्ठभूमि साप्ताहिकले अफिसिय मिडियाको रुपमा रहेका थिए । कार्यक्रमलाई थप सफल वनाउँन प्रमुख प्रायोजक मर्चेन्टे्रड मोवाईले गरेको थियो ।
उक्त उत्सवमा नेपाली सहभागिता लगभग ८००० दर्शकको उपस्थित रहनुको साथै प्रचार प्रसारको हकमा खगेन्द्र थापा मलेसियामा आएका छन् भिजिट नेपाल २०११ को प्रचारप्रसारको निम्ति मलेसिया व्यापी रुपमा स्थानिय नागरिकहरुको विचमा ३ करोड भन्दा बढिले जानकारी पाएको थियो ।

राष्ट्रिय स्तरको खगेन्द्र उत्सव कार्यक्रमले देश विदेशमा समेत चर्चा कमाएको छ । कार्यक्रममा प्रवासी मगर संघले मलेसियाले नेपाली रुपिया ६० लाखको हाराहारीमा खर्च भएको अध्यक्ष सुन्दर आलेले बताउँनु भएको छ ।

सुन्दर आले मगर\ मलेसिया

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %