नेपाल मगर विद्यार्थी संघ कालीका बहुमुखी क्याम्पस काजीपोखरी समितिले नवआगन्तुक मगर विद्यार्थीहरुलाई स्वागत तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । भदौ २१ गते आयोजित कार्यक्रमका प्रमुख अतिथि विद्यार्थी संघका केन्द्रिय सदस्य रुद्र श्रीस् मगर संघका जिल्ला अध्यक्ष विनोद रखाली मगरले मगर जातीको भाषा सास्कृति र समसमायीक तथा नेतृत्व विकास विषयमा प्रशिक्षण दिएका थिए ।
दलबहादुर थापा मगर अध्यक्ष रहने गरी ११ कक्षामा ११ सदस्यीय मगर विद्याथी समिति गठन गरेको छ । समितिको उपाध्यक्षमा जानकी थापा मगर, सचिव मेनेका थापा मगर, सहसचिवमा रिजन पुन मगर, कोषाध्यक्षमा मुना थापा मगर रहेका छन् ।
कार्यक्रममा मगर लेखक संघ कास्की जिल्ला सचिव गोविन्द पुन मगर, जिल्ला उपाध्यक्ष नौ माया थापा मगर, सचिव गम्भिराज रानामगर, विष्णु आले मगर, भिम चोच्ङगी मगर लगायतले बोलेका थिए ।
