देवदहमा जनमुक्तिको प्रशिक्षण

Read Time:2 Minute, 1 Second

राष्ट्रिय जनमुक्ति पार्टी रुपन्देही जिल्ला निर्वाचन क्षेत्र नं १ को क्षेत्रीय कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । भदौ २१ गते  देवदहमा भएको भेला तथा प्रशिक्षणमा बोल्दै राष्ट्रिय जनमुक्ति पार्टी संघीय परिषद केन्द्रिय समितिका उपमहासचिव चन्द्रबहादुर श्रीसले तीन ठूला राजनैतिक दलका नेताहरुले आ-आफनो पार्टीगत स्वार्थमा लागेका कारण संविधानि नर्माणमा ढिलाई भएको बताएका छन् । नेता श्रीसले राज्य पुनसरचना शासकीय स्वरुप र निर्वाचन प्रणालीका विषयमा अन्य राजनैतिक पार्टीहरुले स्पष्ट धारणा ल्याउन नसकेको उल्लेख गरे  ।  

राजमुपा रुपन्देही क्षेत्र नं १ का अध्यक्ष धनबहादुर थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपहासचिव श्रीस र संघीय परिषद सदस्य बलदिप राईले कार्यकर्ताहरुलाई प्रंशिक्षण दिएका थिए ।

प्रशिक्षण कार्यक्रममा पार्टीका जिल्ला अध्यक्ष झमबहादुर गुरुङ्ग, क्षेत्रीय सदस्य बोमबहादुर थापा, पार्टीका देवदह अध्यक्ष डम्वरबहादुर थापा लगायतले आआफ्ना धारणा राखेका थिए । कार्यक्रम नन्दलाल विकले संचालन गरेका थिए ।  
यसैवीच राजमुपा नवलपरासी निर्वाचन क्षेत्र न १ को प्रशिक्षण कार्यक्रम जिल्लाको अमरापुरी गाविसमा सम्पन्न भएको समाचार प्राप्त भएको छ ।

गोविन्द घर्ति\देवदेह

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %