राजमुपाको भाका नवलपरासीमा

Read Time:1 Minute, 39 Second

राष्ट्रिय जनमुक्ति पार्टीको भाका अभियान अन्र्तगत नवलपरासीको कावासोतीमा जिल्ला  प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । राजमुपा संघीय परिषद सदस्य रत्न राना मगरको प्रमुख आतिथ्यमा भदौ २० गते कावासोतीस्थित तमु मिलन हलमा प्रशिक्षण भएको सो पार्टीका नवलपरासी जिल्ला सचिव तिलबहादुर झेंडी मगरले राज्यसत्ता डटकमलाई जानकारी दिएका छन् ।

प्रमुख अतिथि राना मगर र संघीय परिषदबका अर्का सदस्य अमनकुमार श्रेष्ठले स्थानीय नेता तथा कार्यकर्तालाई प्रशिक्षण दिएका हुन । भदौ २१ गतेदेखि जिल्लाको ६ वटै निर्वाचन क्षेत्रमा क्षेत्रीय प्रशिक्षण हुने सचिव झेंडी मगरले बताए ।

उदघाटन सभामा संघीय परिषद सदस्य ललिमाया जर्घा नरसिँह थारु टोपबहादुरु सारु लगायतले शुभकामना मन्तब्य दिएका थिए । पार्टी जिल्ला अध्यक्ष नरबहादुर ठाडाको अध्यक्षता सम्पन्न कार्यक्रम सचिव झेडी मगरले संचालन गरेका थिए । उपस्थित अतिथि तथा नेता कार्यकर्तालाई जिल्ला सहसचिव लुमबहादुर खाम्चाले  स्वागत गरेका थिए ।


सम्बन्धित समाचार

२०-२६ भदौमा नवलपरासीमा जनमुक्तिको प्रशिक्षण

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %