प्रधानमन्त्री डा बाबुराम भट्टराईले १३ नयाँ मन्त्रीलाई पद तथा गोपनियताको सपथ गराएका छन् । उनले भदौ १८ गते राष्ट्रपतिको उपस्थितिमा मन्त्रीहरुलाई सपथ ग्रहण गराएका हुन । एमाओवादी र संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका तर्फबाट गरी मन्त्री परिषद १५ सदस्यीय भएको छ । उपप्रधानमन्त्री तथा गृहमन्त्री विजयकुमार गच्छदारले यसअघि नै कार्यभार सम्हालि सकेका छन् ।
प्रधानमन्त्री डा. बाबुराम भट्टराई (एमाओवादी)
उपप्रधान तथा गृह विजयकुमार गच्छदार (फोरम लोकतान्त्रिक)
उपप्रधान तथा परराष्ट्र नारायणकाजी श्रेष्ठ (एमाओवादी)
अर्थ मन्त्रीमा वर्षमान पुन (एमाओवादी)
सूचना तथा सञ्चार जयप्रकाशप्रसाद गुप्ता (फोरम गणतान्त्रिक)
ऊर्जा पोष्टबहादुर बोगटी (एमाओवादी)
युवा तथा खेलकुद कमला रोक्का (एमाओवादी)
स्थानीय विकास टोपबहादुर रायमाझी (एमाओवादी)
भूमि सुधार प्रभु साह (एमाओवादी)
बिनाविभागीय राजलाल यादव (फोरम गणतान्त्रिक)
वन मोहम्मद वकिल मुसलमान (फोरम लोकतान्त्रिक)
कृषि नन्दन दत्त (फोरम गणतान्त्रिक)
भौतिक योजना ह्रदयेश त्रिपाठी (तमलोपा)
सिंचाइ महेन्द्र राय यादव (तमलोपा नेपाल)
स्वास्थ्य राजेन्द्र महतो (सदभावना पार्टी)
मन्त्री सिफारिस भएर पनि विभिन्न कारणले सपथ ग्रहण कार्यक्रममा उपस्थित नभएकाहरु
रक्षा शरदसिंह भण्डारी (फोरम लोकतान्त्रिक)
वातावरण निलम वर्मा (फोरम लोकतान्त्रिक)
कानुन जितेन्द्र सोनर (तमलोपा)
महिला, बालबालिका दानबहादुर चौधरी (तमलोपा नेपाल)
(माथिको नाम वरिष्ठता क्रम अनुसार राखिएको होइन ।)
