प्रधानमन्त्रीमा १८ पटक हारेको रिस संविधानसभामा

Read Time:1 Minute, 42 Second

भालुको रिस खनियामाथि भन्ने प्रचलित उखानलाई काँग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेलले राम्रोसित आत्मसात गरेका छन् । एक हप्ता पहिले प्रधानमन्त्री चुनावमा अठारौं पटक हारेको झोंक पौडेलले भदौ १७ गते संविधानिक समिति अन्र्तगतको विवाद समाधान उपसमितिको वैठकमा नगएर फेरेका छन् ।

विवाद समाधान उपसमितितर्फ सबैको ध्यान केन्द्रित भईरहेका बेला पौडेलको यो गैरजिम्मेवारीपूर्ण झोंकलाई जनताले गम्भिर रुपमा लिएका छन् । एमाओवादी अध्यक्ष पुष्पकमल दाहालको संयोजक रहेको यो उपसमितिमा प्रमुख तीन दलका नेता सहित पाँच सदस्य छन् । प्रधानमन्त्री सभामुख र संवैधानिक समिति अध्यक्ष भने वैठकमा उपस्थित थिए ।

आजको वैठकमा राज्य पुनःसंरचनाका लागि विज्ञहरुको टोलीबाट समिति बनाउन सकिने विषयमा छलफल भएको छ । पौडेल अनुपस्थित भएपछि यसविषयमा काँग्रेस अडान के हो भन्ने कुरा भने खुल्न नसकेको वैठकमा सहभागी नेताहरुले बताएका छन् । काँग्रेस वरिष्ठ नेता शेरबहादुर देउवा गुटका विमलेन्द्र निधि भने वैठकमा उपस्थित थिए । उनले आधिकारिक धारणाका लागि काँग्रेसको वैठकमा छलफल हुनुपर्ने उल्लेख गरे ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %