नेकपा (माले समाजवादी)को छ प्रदेश

Read Time:1 Minute, 31 Second

नेकपा एमाले फुटेर नेकपा माले र नेकपा माले पनि फुटेर बनेको नेकपा माले-समाजवादीले पार्टीले नयाँ संविधानमा ६ वटा प्रदेशसहितको सङ्घीय राज्यको अवधारणा ल्याएको छ । माले समाजवादीले खप्तड प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश, बागमती प्रदेश, सगरमाथा प्रदेश र विराट प्रदेश हुनुपर्ने इच्छा देखाएको छ ।

चार मध्ये दुई दुई सभासदको दुई भिन्न पार्टी बनाउने अन्तिम तयारीमा पुगेको माले समाजवादीले राष्ट्रपतिको निर्वाचनबाट छान्नुपर्ने उपराष्ट्रपतिको निर्वाचन सङ्घीय प्रतिनिधिसभा र राष्ट्रियसभाका सदस्यहरुले गर्ने प्रादेशिक प्रतिनिधिसभाको बहुमतबाट निर्वाचित मुख्यमन्त्रीको अध्यक्षतामा प्रादेशिक मन्त्रिपरिषद्को व्यवस्था गर्नुपर्ने लगायतका धारणा ल्याएको छ ।

विष्णुराज अर्यालले नेतृत्व गरेको माले समाजवादी गुटले अघि सारेको प्रस्तावमा प्रधानमन्त्रीको आवश्यकता नरहेको उल्लेख गरेको छ । जगतबहादुर बोगतीको माले समाजवादी गुट अवधारणा भने आउन बाँकी छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %