अमेरिकामा कार दुर्घटनामा परेर निधन भएका अधिकारकर्मी सुभाष दर्नालको आर्यघाटमा अन्त्येष्टि गरिएको छ । दर्नालको भदौ १७ गते बुबा दिलबहादुर श्रीमती सरिता र भाइ अशोकले संयुक्त रुपमा दागबत्ती दिएर अन्त्येष्टि गरेका हुन ।
पाल्पाको मुझुङ- १ मा स्थायी घर भएका दर्नाल अमेरिकास्थित स्टुनफोर्ड युनिभसर्टीको डर्पर हिल्स समर फेलोका रुपमा अध्ययन गर्न गएका बेला दुर्घटनामा परेका थिए । दर्नालको निधनले खासगरी दलित आन्दोलनमा ठूलो क्षति भएको छ ।
अधिकारवादी सुभाष दर्नालको अमेरिकामा निधन
