घाँटीको विरामीको पाठेघर निकाल्नेहरुको उल्टै फुर्ति

Read Time:2 Minute, 6 Second

घाँटीको थाइराइडको शल्यकि्रया गर्न अस्पताल पुगेका विरामी पाठेघर निकालेर फ्याँक्ने चिकित्सकहरु अर्को फुर्ति देखाएका छन् । घाँटीको शल्यकि्रयाका लागि अस्पताल भर्ना भएकी बुटवल निवासी छमकुमारी बोहराको जीवनमा खेलवाड गर्ने चिकित्सकहरु नियम अनुसार निलम्बन परेकोमा उल्टै दादागिरी देखाएर अस्पतालमा ‘ड्युटी’ गरिरहेका छन् ।

चिकित्सको न्यूनत्तम धर्म समेत पालना गर्न नसकेका डा. जितेन्द्र परियार, डा. भावना वाग्ले र  रजना शाहलाई भरतपुरस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल साचालक समूहले निलम्बन गरेकोमा अटेर गरिरहेको अस्पताल स्रोतले जानकारी दिएको छ ।  निलम्बित डक्टरत्रयसँगै नस्रहरु उमा काफ्ले, अनिता चौधरी, सुनिता शर्मा र राजेन्द्र मल्लीले पनि सचालक समूहको निर्णयलाई धोती लगाई दिएकी  छन् ।

उनीहरुले यो समाचार तयार पार्दासम्म निलम्बनको पत्र बुझ्न मानेका छैनन् । साउन २६ गते छमकुमारीको जीवन बर्बाद पार्ने चिकित्सकको यो समूहले आफ्नो गल्ती नभएको हास्यास्पद तर्क गरिरहेका छन् । उनीहरु भदौ ११ गते निलम्बित भएका हुन ।

घट्नाको छानविन गर्न डा। केदारनरसिँह केसीको संयोजकत्वमा उपभोक्ता मचका महासचिव ज्योति बानियाँ र डा. सुशील थापा सदस्य रहेको एक समिति गठन गरिएको थियो । समितिका एक सदस्य भन्छन्, ‘मेडिकल लाइसेन्स नै रद्द गर्नुपर्नेहरुलाई निलम्बित मात्रै गर्दा उल्टै फूर्ती देखाई छन् ।’

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %