इद उल फितर मुवारक

Read Time:58 Second

मुस्लिम समुदायले एक महिनाको रोजा सकिएको दिन धुमधानसँग इद-उल फितर मनाएका छन् । साउन १७ गतेदेखि शुरु भएको रोजा भदौ १३ गते सम्पन्न भएको हो ।  अरबी महिनाको नौ महिनामा पर्ने रमजानमा चन्द्रमाको दर्शन गरी रोजा आरम्भ गरेर त्यसको एक महिनापछि पुनः चन्द्रमाको दर्शन गरिन्छ ।

जामे मस्जिदका तालुकदार खाँल अनुसार रोजा बस्दा शरीरमा निरोगीपन मन पवित्र हुनुका साथै धार्मिक लाभ प्राप्त हुन्छ । रोजा सम्पन्न भएको अवसरमा गरिबलाई दानदक्षिणा दिने गरिन्छ । अन्य समुदायको पर्वमा जस्तै मुस्लिमले पनि रोजा सकिएको अवसरमा एकआपसमा खुसियाली साट्ने आफन्तसग भेटघाट गरी मिठा खाने  गरिन्छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %