
नेपाल चेपाङ संघले आफ्नो समुदायको अधिकार सहितको नयाँ संविधानको माग्दै दवाव मुलुक कार्यक्रम गरेको छ । प्राप्त समाचार अनुसार भदौ १३ गते दिउँसो धादिङवेशीमा र् याली निकालिएको छ ।
संघले मंसिर १४ गते भित्र संघीयता र समावेशीता सुनिश्चित गर्नु पर्ने लगायत ९ बुँदे माग अघि सारेको छ । उनीहरुले प्राकृतिक स्रोत र साधनमाथिको चेपाङको अधिकार ग्यारेन्टी गर्नुपर्ने पनि मागमा उल्लेख छ ।
