लिम्बुवानलाई तत्काल बन्द फिर्ता गर्न वाहुन, क्षेत्री र हिन्दु संगठनको चेतावनी

Read Time:1 Minute, 22 Second

सन्जुहाङ पालुङ्वा नेतृत्वको संघीय लिम्बुवान राज्य परिषदले गरेको बन्दा तत्काल फिर्ता लिन हिन्दुवादी र क्षेत्री वाहुनजन्य संगठनले चेतावनी दिएका छन् । आत्मनिर्णयसहितको लिम्बूवान राज्यको प्रत्याभूति सरकारले विगतमा आफुहरुसँग गरेका सम्झौता कार्यान्वयन लगायतका माग राखेर भदौ १२ गतेदेख बन्द आव्हान गरेका परिषदलाई ती जातीय र धार्मिक संगठनहरुले बन्द फिर्ता दवाव दिएको हो ।

ब्राह्मण समाज नेपाल, खस क्षेत्री एकता समाज, राष्ट्रिय धर्म जागरण अभियान र विश्व हिन्दु महासङ्घले भदौ १३ गते विज्ञप्ति निकालेर यस्तो चेतावनी दिएको हो ।
परिषदले ताप्लेजुङ, पाँचथर, इलाम, झापा, मोरङ, सुनसरी, धनकुटा, सङ्खुवासभा र तेह्रथुम जिल्लामा बन्द आह्वान गरेको छ ।

यसैवीच बन्द आव्हान गरेको परिषद र सरकारका प्रतिनिधिवीच भदौ १३ गते झापाको विर्तामोड वार्ता भएको छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %