‘प्रत्येक शनिवार राष्ट्रिय जनमुक्ति पार्टिको गाउँ छिर्ने अभियान’

Read Time:1 Minute, 57 Second

राष्ट्रिय जनमुक्ति पार्टी सुनसरी क्षेत्र न. ५ क्षेत्रिय समितिले अव प्रत्येक शनिवार गाउँ छिर्ने अभियान साञ्चान गर्ने तय गरेको छ।

गत शनिवार क्षेत्रिय अध्यक्ष हेमन्त उरावको अध्यक्षतामा बसेको क्षेत्रिय समितिको भेलाले सो निर्णय गरेको हो। सुनसरी जिल्लाको बोक्राहा गा.वि.स. को भवणमा सम्पन्न सो भेलाले क्षेत्रिय सचिवमा संजिव उरावलाई मनोनित समेत गरेको छ। यस क्षेत्र अन्तर्गत जम्मा १० वटा गा.वि.स.हरु रहेका छन्। यि सवै गा.वि.स.हरुमा राष्ट्रिय जनमुक्ति पार्टिको गा.वि.स. संमयन्त्रमा दलिय प्रतिनिधित्व रहेको छ। उराव, मण्डल, मुस्लिम, यादव, शाहा, मेहता र मधेशी दलितहरुको बसोबास रहेको यस क्षेत्रमा उराव, मण्डल, मुस्लीम र मधेशी दलितहरुको जनमुक्ति प्रति आकर्षण बढदो छ।

प्रत्येक शनिवार राष्ट्रिय जनमुक्ति पार्टिको गाउँ छिर्ने अभियान भन्ने मुल नाराको साथ राष्ट्रिय जनमुक्ति पार्टिलाई गाउँ गाउँ र जनता माझ संगठन पुर्‍याउन यस्तो कार्यक्रम तय गरिएको हो।
क्षेत्रिय समितिमा युवा तथा क्याम्पस पढदै गरेका विधार्थीहरुको बहुल्य रहेकोले शनिवारको दिन रोज्नु परेको अध्यक्ष उराव वताउछ। आउदो शनिवार देखी यो अभियान सन्चालित हुने छ।

 

सुधिर लिम्बु\धरान

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %