हामीलाई हेपेर निलम्बन गरे-सभासद सदरुल मियाँ

Read Time:1 Minute, 31 Second

संविधानसभाका स्वतन्त्र सभासद सदरुल मियाँ हकले आफूहरुलाई हेपेर निलम्बन गरेको बताएका छन् । व्यवस्थापिका संसदको भदौ ११ गतेको वैठकमा बोल्दै मियाँ हकले ठूला दलका सभासदहरुलाई जे गर्न पनि छुट रहेको आफू लगायत चार सभासदलाई शक्तिहिन भनेर  निलम्बन गरेको बताए ।

प्रधानमन्त्रीको निर्वाचनमा सभासदहरुलाई अनिवार्य उपस्थिति हुन र तटस्थ बस्न मतदान गर्न सभामुखले निर्देशन दिएपनि आफूखुशी संसद वैठकबाट बाहिरिएका सभासदहरुलाई भने कारवाी नगरेको बताए । उनीहरुलाई ठूला दलको भएकाले कारवाही नगरिएको उनको भनाई छ ।

हुन पनि जाती र समुदायको पक्षमा अधिकार माग गर्दा सदरुल मियाँ हक सहित चार सभासद सात दिनका लागि निलम्बनमा परेका थिए । तर संघीयता धर्मनिरपेक्षता र गणतन्त्र विरोधी राप्रपा नेपालका चार सभासदलाई भने एक दिन मात्रै निलम्बन गरिएको थियो ।

 

थप समाचार

संसदमा मास्रल प्रयोग:दलित-जनजाति-मुस्लिमलाई पाखा, संघीयता-गणतन्त्र-धर्मनिरपेक्षता विरोधीलाई काखा

चार सभासद निलम्बनको भित्री कथा

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %