बाबुराम भट्टराई प्रधानमन्त्री बन्दै

Read Time:1 Minute, 25 Second

प्रधानमन्त्र दौडमा रहेका डा. बाबुराम भट्टराई र रामचन्द्र पौडेल मध्ये भट्टराई प्रधानमन्त्री बन्ने निश्चित जस्तै भईसकेको छ । भदौ ११ गते दिनको १ बजे संविधानसभा भवन नयाँ बानेश्वर वैठक शुरु हुनु भन्दा पहिला नै संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको समर्थन पाउने निश्चित भएपछि भट्टराई प्रधानमन्त्री हुने भएको हो ।

२३५ सभासद रहेको एमाओवादीलाई बहुमतका लागि आवश्यक पर्ने मत ६३ हो । तर मधेशी मोर्चासँगको ६५ भोट उसको पक्षमा देखिएको छ । ११ सभासद रहेको फोरम नेपाल, चार सभासद भएको संघीय सदभावना, पाँच सभासद रहेको नेकपा संयुक्त, चार सभासद रहेको नेकपा माले समाजवादी, २\२ सभासद रहेको राष्ट्रिय जनमुक्ति पार्टी र नेकपा एकिकृत तथा एक\एक सभासद रहेको नेपा राष्ट्रिय पार्टी, नेपाल सदभावना पार्टी आनन्दीदेवी, संघीय लोकतान्त्रिक राष्ट्रिय मन्च लगायतले यसअघि नै एमाओवादीलाई समर्थन गर्ने निर्णय गरिसकेको थियो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %