महाबीर पुनले म्याग्दीमा बाटो पनि खोले

Read Time:3 Minute, 54 Second

म्याग्दी
म्याग्दी देखि मुस्ताङ मोटर बाटो चलेपछि पदमार्गबाट घुमघाम गर्न मन पराउने पर्यटकहरुको लागि महाविर फगामीको पहलमा नयाँ पर्यटकीय मार्गको सर्वेक्षण भई केही पर्यटकहरुले त्यो पदमार्गमा यात्रा गरिसकेका छन् । वाइल्ड मार्गको परिचय बनाएको बेनी, नाङी, मोहरे डाँडा, डाँडाखर्क, स्वात, ढाँनखर्क, खोप्रा, नारच्याङ हुँदै मुस्ताङ जाने पदमार्ग सञ्चालन भएको त निकै भईसकेको छ । तर अहिले गलेश्वरबाट बाँसखर्क, डाँडाकटेरी, नाङी, मोहरेडाँडा, डाँडाखर्क, हिस्तान, स्वात, ढाँनखर्क, खोप्रा, नारच्याङ हुँदै मुस्ताङ जाने मोटरबाटोमा निस्केर फिर्ता हुने यो नयाँ पदमार्गले चर्चा पाउन थालेको कुरा यस पदयात्रामा पदप्रदर्शक गरिसकेका रमन पुर्जा बताउँछन् । यस पदयात्रामा यात्रा गर्न गलेश्वरबाट १० दिन लाग्दछ ।

उनले क्यानेडेली पर्यटकलाई लैजाँदा ती यात्रुले यो यात्रामा गोरा छाला भएका मान्छे भेटिन्छन् ? भनेर प्रश्न गर्दा यो यात्रा भरि गोरा छाला भएका मान्छेहरु भेटिदैन भने पछि ‘किन मलाई यो बाटो ल्याएको त’ भनेर प्रश्न गर्दा यो बाटोको यात्रा गरिसकेपछि अन्त्यमा कुरा गरौंला भन्ने प्रतिक्रिया दिएकाथिए । यात्रा सकिएपछि ती गोराले  पदयात्रा  उत्कृष्ट लागेको हुँदा सहयोग गर्ने  वाचा अनुरुप क्यानाडा फिर्ता भए पश्चात दुई गु्रप पदयात्रीहरु पठाई सकेको कुरा रमन बताउँछन् ।
गाउँघरको अवलोकन, संस्कृति अध्ययन र घरमा नै बसेर घरकै मान्छे जस्तो व्यवहार गरिने यो पदयात्रा नयाँ भएको हुँदा यस यात्राको केही ठाउँमा होमस्टेको व्यवस्था मिलाइएको छ । पर्यटकलाई कस्तो सुविधा दिने भन्ने कुरा थाहा दिन÷मिलाउन अहिले सबै ठाउँमा होमस्टे व्यवस्था गरेका व्यक्तिहरुलाई तीन महिने कुकिङ तालिम नाङीमा दिईरहेको छ । जहाँ विभिन्न ठाउँबाट गएका २० जनाले तालिम लिई रहेका छन् । निशुल्क रुपमा गाउँघरमा पाइने सामाग्रीबाट पर्यटकहरुको लागि खाना पकाउन सिकाउने तालिम एकदम उत्कृष्ट रहेको कुरा बाँसखर्क गाउँबाट कुकिङ तालिम लिन पुगेका आकाश फगामी बताउँछन् । यो तालिमको विशेषता भनेको जबसम्म परिकार भने जस्तो गरि पकाउन सकिंदैन त्यतिबेला सम्म पकाई राख्नु पर्छ । यस हिसाबले हामीले निकै खर्च गरिदिने भयौं भन्छन्– उनी । नयाँ पदमार्ग भएको हुँदा त्यति मान्छे आएका छैनन् तर पुरानो पदमार्ग शुरु भएयता निकै पर्यटक आएर गएका छन् । मन पराएरै होला आइराख्छन्– स्वात गेष्ट हाउसका सञ्चालिका बताउँछन् ।
पुनहिल नजिक फुलबारीमा गेष्ट हाउस बनाएर  चलाएका याम गर्बुजाको अनुसार , व्यवस्था राम्रो मिलाउन सक्ने हो भने यर्पटक अझ बढी आउने थिए भन्दछन् ।

मेजन पुन मगर ,म्याग्दीबाट फकेपछि

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %