धर्मनिरपेक्षता, संघीयता र गणतन्त्रका लागि ताम्सालिङ दलद्वारा ११ गते बन्द आव्हान

Read Time:4 Minute, 0 Second

ताम्सालिङ नेपाल राष्ट्रिय दलले सरकारले आफूहरुसँग गरेको सम्झौता कार्यान्वयन गर्नुपर्ने र धर्मनिरपेक्षता संघीयता गणतन्त्र र जाति भाषा तथा ऐतिहासिक थातथलोको आधारमा आत्मनिर्णयको अधिकारसहितको स्वायक्त प्रदेशको माग गर्दै भदौ ११ गते ताम्सालिङ्ग क्षेत्र बन्द आव्हान गरेको छ । पश्चिममा बुढी गण्डकी-नारायणी नदीदेखि पूर्व, पूर्वमा कमला नदीदेखि पश्चिम, उत्तरमा चीनको स्वशासित क्षेत्र तिब्बतको सिमानादेखि दक्षिण र दक्षिणमा पूर्व-पश्चिम राजमार्गदेखि उत्तर तथा सोसँग जोडिएका तामाङ्ग वाहुल्य क्षेत्रलाई ताम्सालिङ्गको रुपमा परिभाषित गरिएको दलका अध्यक्ष पर्शुराम तामाङ्गले जानकारी दिएका छन् । आन्दोलनका कार्यक्रमअन्तर्गत ९ गतेदेखि प्रचार प्रसार र १० गते साँझ ६ बजे शान्तिवाटिकाबाट मसाल जुलुस निकाल्ने भएको छ ।

आफ्नो दलले आवहान गरेको आन्दोलनका कार्यक्रमबारे जानकारी दिन राजधानीमा भदौ ८ गते आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष तामाङ्गले समानुपातिक र समावेशीतालाई सुनिश्चित गरिएको अग्रगामी संविधानको माग गरे । मरेको गाईको मासु खाने वा गाईलाई पिट्दा आदिवासी जनजाति र दलितहरु जेल जानुपर्ने विद्येयक खारेजीका लागि पनि बन्द आव्हान गनु परेको उनको भनाई थियॊ  । मरेको गाई खाएको वहानामा सरकारले तामाङ्ग समुदायलाई सबैभन्दा बढी धरपकड गरेको उल्लेख गरे ।

संविधानसभामा बसेर धर्मनिरपेक्षता गणतन्त्र र संघीयताको विपक्षमा बोल्नु जनादेश र अन्तरिम संविधान विपरीत रहेको तामाङ्गले बताए । तामाङ्गहरुको पिपा गोश्वारा खारेज गरेर तामाङ्ग गण बनाउन पर्ने सो पार्टीको माग रहेको छ ।

 

 

एमाओवादी, काँग्रेस र एमाले लगायत १० दल सम्मिलित जातीय स्वाशासन र संघीयताका लागि संयुक्त गठबन्धनका अध्यक्ष समेत रहेका राष्ट्रिय जनमुक्ति पार्टीका उपमहासचिव चन्द्र श्रीस मगरले ताम्सालिङ्ग दलको आन्दोलनलाई आफूहरुले समर्थन र सहयोग गर्ने बताए । संविधानमा आफूहरुको अधिकार सुनिश्चित नभए आदिवासी\जनजाति, दलित, मधेशी मिलेर १० औं लाखले काठमाडौं घेराउ गर्ने नेता श्रीस मगरले चेतावनी दिए । जनजातिहरुको आन्दोलन जातीय अनुपातमा साधान स्रोत र राजनीतिक अधिकार बाँडफाँडका लागि भएकाले वाहुन क्षेत्रीहरु पनि यसबाट तस्रनु नपर्ने उनको भनाई थियो ।

ताम्सालिङ्ग दलका महासचिव टेकबहादुर तामाङ्गले सन्चालन गरेको कार्यक्रममा दलका केन्द्रिय सदस्य तेजेन्द्र लामाले कार्यपत्र वाचन गरेका थिए । दलका उपाध्यक्षद्वय अमरध्वोज लामा, मैनाजंग तामाङ्ग, वरिष्ठ केन्द्रिय सदस्य नरबहादुर स्यातान लगायत कार्यक्रममा उपस्थिति थिए ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %