दलित संसदमा वाहुन र जनजाति नेता

Read Time:1 Minute, 37 Second

नयाँ संविधानमा दलित समुदायको अधिकार सुनिश्चित हुनुपर्ने माग सहित राष्ट्रिय दलित नेटवर्क नेपालले दुई दिने दलित संसद शुरु गरेको छ । ‘आर्थिक सामाजिक प्रगतिशील रुपान्तरणका लागि हरेक क्षेत्रमा दलित सहभागिता संविधानसभाबाट सङ्घीय राज्यको दलितमैत्री संविधानको  सुनिश्चितता’ भन्ने मूल नाराका साथ भदौ ७ गते राजधानीमा आठौं दलित संसद सुरु भएको हो ।

 

देशभरीबाट जम्मा भएका २०० अधिकारकर्मीको सहभागिता रहेको कार्यक्रममा दलितहरुले निर्माण गरेको नेपालको संविधान २०६८ को मस्यौदा सार्वजनिक गरिएको छ ।  

पूर्वप्रधानमन्त्री तथा एमाले वरिष्ठ नेता माधवकुमार नेपालले उदघाटन गरेको कार्यक्रममा एमाओवादी नेता देवप्रसाद गुरुङ्ग, एमाले नेता भीमबहादुर रावल लगायतले दलितमैत्री संविधान बन्ने आश्वासन दिएका थिए ।

यसैवीच कार्यक्रममा ‘टीकाराम पार्की मानव मर्यादा पुरस्कार २०६८’ बाट गत साता अमेरिकामा निधन भएका अधिकारकर्मी  सुभाषकुमार दर्नालअधिकारवादी सुभाष दर्नालको अमेरिकामा निधन लाई दिने घोषणा गरिएको छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %