२०-२६ भदौमा नवलपरासीमा जनमुक्तिको प्रशिक्षण

Read Time:1 Minute, 24 Second

राष्ट्रिय जनमुक्ति पार्टीले नवलपरासी जिल्लामा भदौ २० गतेदेखि २६ गतेसम्म प्रशिक्षण संचालन गर्ने भएको छ । सो पार्टीका नवलपरासी जिल्ला सचिव तिलबहादुर झेंडी मगरले राज्यसत्ता डटकमलाई दिएको जानकारी अनुसार भदौ २० गते कावासोतीमा जिल्ला स्तरीय प्रशिक्षण संचालन हुने भएको छ ।

भदौ २१ गतेदेखि २६ गतेसम्म जिल्लाको ६ वटै निर्वाचन क्षेत्रमा क्षेत्रीय प्रशिक्षण संचालन हुने भएको छ । भदौ  २१ गते अमरापुरीमा, २२ गते कावासोतीमा, २३ गते दुम्किबासमा, २४ गते  रामग्राम भुमहीमा, २५ गते जहदामा र २६ गते त्रिवेणी सुस्तामा प्रशिक्षण राखिएको सचिव झेंडी मगरले जानकारी दिए । प्रशिक्षणका लागि केन्द्रबाटै प्रशिक्षकहरु आउने तय भएको  छ ।

सचिव झेंडी मगरले नवलपरासी  जनमुक्ति पार्टीमा  प्रवेश गर्नेहरुको लहर नै शुरु भएको छ  । संविधानसभा निर्वाचनमा विगतका चुनावको तुलनामा जनमुक्तिको सबै भन्दा बढी भोट बृद्धि भएको जिल्ला नवलपरासी हो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %