संविधानसभाको म्याद नथप- लक्ष्मण थारु

Read Time:1 Minute, 42 Second

नवगठित थरुहट तराई पार्टी नेपाल संविधानसभाको म्याद थप्न नहुने पक्षमा देखिएको छ । सरकारले तीन महिना म्याद थप गर्ने विद्येयक संसदमा दर्ता गरेकै दिन अथात भदौ ६ गते राजधानीमा पत्रकार सम्मेलनमार्फत संविधानसभा विघटन गरी नयाँ जनादेशमा जानु पर्ने बताएको हो ।

थरुहट तराई पार्टीका अध्यक्ष लक्ष्मण थारुले जनादेश गुमाइसकेको वर्तमान संविधानसभालाई आफ्नो कार्यविधि आफैँ थपेर नयाँ संविधान बनाउने अधिकारको बताए । दुई दुई पटक म्याद थपेपछि पनि संविधान लेख्नु पर्छ भने हात बाँधेर बसेका ठूला दलका नेताहरुले संविधानसभाबाट कुनै हालत संविधान नलेख्ने भएकाले आफ्नो पार्टीले यस्तो निश्कर्ष निकालेको थारुले बताए ।

अध्यक्ष थारुले भदौ १४ गतेसम्म शान्तिपूर्ण आन्दोलन गर्ने तथा १५ र १६ गते आम हड्तालसहित समग्र थरुहट बन्द गर्ने जानकारी दिए ।

पत्रकार सम्मेलनमा सो पार्टीका वरिष्ठ नेता गोपाल दहितले थारुहरुको ऐतिहासिक थातथलो चितवन उपत्यका र नवलपरासीको नवलपुर खण्डलाई नारायणी प्रदेशमा राखेकोमा विरोध जनाए ।

 

लक्ष्मण थारुको नेतृत्वमा ‘थरुहट तराई पार्टी नेपाल’ गठन

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %