तीव्र संगठन विस्तारमा लागेको राष्ट्रिय आदिवासी जनजाति महासंघको जिल्ला समिति मोरङ्ग गठन भएको छ । भदौ ५ गते आयोजित भेलाबाट हस्तबहादुर भुजुलेको अध्यक्षतामा ११ सदस्यीय जिल्ला समिति गठन भएको महासंघका केन्द्रिय इन्चार्ज कर्णबहादुर सुनारीले राज्यसत्ता डटकमलाई जानकारी दिएका छन् ।
राष्ट्रिय जनमुक्ति पार्टी संघीय परिषदका उपाध्यक्ष केपी पालुङवा लिम्बुको प्रमुख आतिथ्यमा सम्पन्न भेलाबाट उपाध्यक्षद्वयमा सानु सुब्बा र भरत धिमाल, सचिवमा ललित गुरुङ्ग, सहसचिवमा शान्ता कुरुङबाङ र कोषाध्यक्षमा भीम गुरुङ्ग चयन भएका छन् । समितिका सदस्यहरुमा आइतराज कन्दङ्वा, विमल राई, निरबहादुर सारु मगर, जितबहादुर सिँजाली मगर र जसमणि राई रहेका छन् ।
कार्यक्रममा प्रमुख अतिथि पालुङ्वाले जनजातिहरुको मुक्तिका लागि राष्ट्रिय जनमुक्ति पार्टीको विकल्प नरहेको धारणा राखेका थिए । राजमुपा मोरङका अध्यक्ष चन्द्र लिम्बुको अध्यक्षतामा सम्पन्न कार्यक्रम सन्चालन धनध्वज लिम्बुले गरेका थिए । राजमुपा संघीय परिषदका सदस्य समेत रहेका महासंघका इन्चार्ज सुनारीले भेला प्रशिक्षण दिएका थिए ।
