महिलालाई आत्महत्या गर्न बाध्य पार्ने महिला समूहलाई कारवाहीको सिफारिस

Read Time:1 Minute, 24 Second

सचेत गराउने नाममा महिला समूहले दिएको क्रुर यातनापछि आत्महत्या गर्न बाध्य भएकी कविता थापाको मृत्युमा जिम्मेवार सबैलाई कडा भन्दा कडा कानुनी सजाय गर्नुपर्ने व्यवस्थापिका-संसद् महिला बालबालिका तथा समाज कल्याण समिति अन्र्तगतको उपसमितिको ठहर रहेको छ । बुटवल-१३ की थापालाई स्थानीय आमा समूहले यातना दिएको र ततपश्चात निजले आत्महत्या गर्न बाध्य भएको उपसमितिको ठहर छ ।

उपसमितिले भदौ ५ गते समितिलाई बुझाएको प्रतिवेदनमा जनजागरण आमा समूहको गतिविधि कानुन विपरीत भएकाले दोषीलाई कानुनको दायरामा ल्याएर कारबाही अगाडि बढाउन सुझाव दिएको हो ।  त्यसपछि बसेको समितिको बैठकले उपसमितिको प्रतिवेदनअनुसार दोषीमाथि कारबाही गर्न प्रहरी प्रशासनलाई कठिनाइ भएको देखिएकाले आगामी दिनमा आत्महत्या गर्न बाध्य पार्ने पृष्ठभूमि तयार गर्नेलाई दण्डित गर्ने कानुन तर्जुमा गर्न नेपाल सरकारलाई निर्देशन समेत दिएको छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %