मधेशी जनअधिकार फोरम लोकतान्त्रिक, तराई मधेश लोकतान्त्रिक पार्टी, तराई मधेश लोकतान्त्रिक पार्टी नेपाल र सदभावना पार्टीले औपचारिक कार्यक्रममा अनिवार्य दौरा सुरुवाल लगाउनु पर्ने सर्वोच्च अदालतको फैसलाको कडा विरोध गरेको छ । सिँहदरवारमा भदौ ४ गते बसेको मोर्चाको बैठकले नेपाल विविध संस्कृति भएको मुलुक भएकाले पहाडी वाहुनले लगाउने दौरा सुरुवाललाई राष्ट्रिय पोशाक नमान्ने घोषणा गरेको हो ।
मधेशी मोर्चाले भदौ ९ गते सर्वोच्च अदालत र जिल्ला अदालत अघि फैसलाको विरोध गर्ने सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले जानकारी दिए । सर्वोच्च अदालतले साउन ३२ गते औपचारिक कार्यक्रममा अनिवार्य दौरा सुरुवाल लगाउनु पर्ने आदेश दिएको थियो । दौरा सुरुवाललाई राष्ट्रिय पोशाक बनाउनु मधेशी समुदायको मात्रै नभई वाहुन वाहेकका जातीको अहितमा हुने उनीहरुको ठहर छ ।
एस लिम्बु\काठमाडौं
