साहित्यकार उत्तरकुमार राईको चाम्लिङ् भाषाको कवितासङ्ग्रह ‘इमो बोखा हेमा’ विमोचन गरिएको छ । चाम्लिङ ला खाम्बातिम्द्वारा भदौ ४ गते आयोजित कार्यक्रममा खाम्बातिमका अध्यक्ष टङ्कबहादुर राई र केन्द्रीय सल्लाहकार मदन राईले संयुक्तरुपमा कृति विमोचन गरेका हुन ।
खोटाङ निवासी साहित्यकार राईका ११ पुस्तक प्रकाशित छन् । आदिवासी जनजाति मध्येमा राईहरु भाषिक हिसाबले सबैभन्दा धनी मानिन्छन् । किरात राईहरुको दुई दर्जन भन्दा बढी भाषा मध्ये चाम्लिङ भाषा एक हो ।
