आदिवासी किराँत महासंघमा मुकारुङ

Read Time:1 Minute, 12 Second

आदिवासी किराँत महासंघको अध्यक्षमा अध्यक्षमा पृथ्वी मुकारुङ वान्तावा चयन भएका छन् । राजधानीमा सम्पन्न दोस्रो सम्मेलनबाट उपाध्यक्षहरुमा धिरेन सुस्तोचा बाहिङ, लोकेन्द जेरो किराँती र भीम कुलुङ, महासचिवमा शक्ति वान्तावा, सचिवमा देवेन्द्र खालिङ, लादिम्मा किराँती र मातृका चाम्लिङ कोषाध्यक्षमा टार्जन कुलुङ र सहकोषाध्यक्षमा नन्दकुमारी बाहिङ चयन भएका हुन ।

२१ सदस्यीय कार्यसमितिको सदस्यहरुमा उत्तरकुमार याम्फू, योगेन्द्र मेवाहाङ, अर्जुन खालिङ, कुमार जेरो, युवराज जिरेल, अरुणा कुलुङ, नारदमणि साम्पाङ, मिलन थुलुङ, पद्मबहादुर नाछिरिङलगायत  रहेका छन् ।

सम्मेलनमा संविधानमा ऐतिहासिक किराँत भूमिका आधारमा किराँत सङ्घीय राज्यको माग गरेको छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %