मलेसियामा खगेन्द्र उत्सव हुँदै

Read Time:1 Minute, 0 Second

नेपाल मगर संघ मलेसियाको आयोजनामा खगेन्द्र उत्सव हुने भएको छ । विश्वकै सबै भन्दा होचो व्यक्तिको रुपमा गिनिजबुक अफ वल्र्ड रेर्कडस्मा नाम दर्ता गराईसकेका बाग्लुङ्गका खगेन्द्र थापा मगरको नाममा कार्यक्रम आयोजना गर्न लागिएको हो । थापा मगर नेपाल भ्रमण वर्ष २०११ का सदभावनादुत समेत हुन ।

आयोजक संस्थाका अध्यक्ष सुन्दर आले मगरले इमेलमार्फत दिएको जानकारी अनुसार मलेसियाको जोहर बहरुमा २८,  पेनाङ्गमा ३० र कौलालामपुरमा ३१ अगस्तमा कार्यक्रम आयोजना हुँने भएको छ । यसैगरी सेप्टेम्बर १ मा पोर्टकेलाङ्गमा उत्सव आयोजना गरिएको छ । आले मगरका अनुसार प्रवेश शुल्क २० आरएम राखिएको छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %