ढुँगाको काप फोरेर पनि उमि्रन्छ पिपल, सिर्जना शक्ति कहिले पनि हुँदैन विफल
कविवर माधव घिमिरेको यि हरफ साहित्यकार झमक घिमिरेको जीवनमा ठ्याक्के मेल खान्छ । दुबै हात विना २०३७ सालमा जन्मिएकी घिमिरेले ०६७ सालको मदन पुरस्कार साहित्यकार जित्न सफल भएकी छन् । उनले ‘जीवन काँडा की फूल’ नामक कृति लेखेर यो पुरस्कार जित्न सफल भएकी हुन । २०२२ सालमा पारिजातले पुरस्कार पाएपछि मदन पुरस्कार पाउने साहित्यकार घिमिरे पहिलो महिला हुन ।
यसैगरी कवि दुर्गालाल श्रेष्ठले जगदम्बा श्री पुरस्कार प्राप्त गर्ने भएका छन् । मदन पुरस्कार गुठीको साधरणसभाले पुरस्कार घोषणा गरेको गुठीद्वारा भदौ ३ गते जारी विज्ञप्तीमा उल्लेख छ । आप्नो मातृभाषा तथा नेपाली सुमधुर गीत कविता तथा बाल साहित्य लेखेर नेपाली बाङमयलाई समृद्ध बनाएको ठहर गर्दै साहित्यकार श्रेष्ठलाई पुरस्कृत गरिएको मदन पुरस्कार गुठीले जनाएको छ । आनी छोइङ डोल्माले गायकी चर्चित ‘गीत फुलको आँखामा फुलै संसार…………’का रचनाकार पनि यिनै श्रेष्ठ हुन ।
यसैवीच यस्तै साझा प्रकाशनले ०६७ सालको साझा पुरस्कार वरिष्ठ साहियकार डाक्टर दुबसु क्षेत्रीलाई दिने घोषणा गरेको छ । ५१ हजार रुपैयाँ राशिको पुरस्कार डाक्टर क्षेत्रीको अश्वमेध यज्ञका घोडाहरु नामको काव्यका लागि प्रदान गर्ने निर्णय गरेको साझा प्रकाशनले जनाएको छ ।
एस लिम्बु\काठमाडौ
