म्याग्दीमा खयर बराह पुजा सम्पन्न

Read Time:4 Minute, 2 Second

म्याग्दी
यस वर्षको खयर बराह पुजा सम्पन्न भयो । जिजेबाजेहरुले मानेर आएको स्थललाई पुन मगरहरु अटुट आस्था र विश्वासका साथ आराधना गर्दछन् । जेठी बराह पाक्दार, कान्छी बराह नाङी, माइली बराह नाकाजी, पेरी बराह घराम्दी म्याग्दी जिल्लामा स्थित बराहहरु हुन् । यी सबै बराहको पुजा प्रत्येक वर्ष जनैपूर्णिमाको दिनमा गर्ने गरिन्छ । त्यस मध्ये अलि कष्टप्रद मौलिक र रमणीय स्थलमा रहेको खयर तालमा स्थित जेठी बराह पुजा बारे यहाँ उल्लेख छ ।

पुस्तौं-पुस्तादेखि पुजा गरिंदै आएको यस खयर बराहको पुजा कहिलेबाट शुरु भयो भन्ने तथ्य प्रमाण छैन् । पाक्दार गाउँका बाजे, बराजुरुको कथन अनुसार यो अर्कै संसारको कथा जस्तो लाग्दछ । जुन धेरै पुरानो एउटा धार्मिक आस्थाको निरन्तरता हो । पुर्वजहरुको कथन अनुसार जेठी बराह एउटा तालको रुपमा धोती खोला माथि तालको रुपमा प्रकट भएकी हुन् भन्ने भनाई रहेको पाइन्छ । खयर बराह पाक्दार गाउँबाट पूर्व दिशामा रहेको अन्नपूर्ण दक्षिण हिमालको काखमा अवस्थित ताल छेउमा रहेको थान हो । जुन समुन्द्र सतहबाट ४ हजार ७ सय मिटरको उचाईमा छ ।


खयर बराहलाई पुज्नु भन्दा अगाडि बाटोमा रहेका डेरीबासको थपना, खोप्रा सिद्ध, खोप्राको पँधेरा, सुनौलो सिद्ध, ढोकेद्धारे सिद्धलाई ध्वजा, अक्षता, धुप, दिपले पुजा गर्नु पर्दछ । पाठाले पुजा गर्नेहरुले एकएक माना चामल र भेटी चढाउँछन् । खयर बराहमा पुजा समाप्त भए पछि वर थाप्न ईच्छा भएका यात्रुहरुले एउटा सफा रुमाल वा कपडाको टुक्रा लिई तालको किनारमा गएर ध्वजा अक्षेता र भेटी राखी आफुलाई ईच्छा लागेको कुरा वर दिन खटिएका पुजारीलाई भन्नु पर्दछ । पुजारीले चर्को स्वरमा खयर बराहनीलाई पुकार्दै यात्रुले चाहेको वर दिनु हुन तालको पिंधबाट अञ्जुलीमा उठाएर ल्याएको बस्तु वर माग्ने मान्छेलाई दिन्छन् । यात्रुले त्यो चिज नहेरीकन रुमालमा पोको पारेर कसैसँग नबोलीकन सरासर बाटो लाग्नु पर्दछ ।


खयर बराह पुज्न जाने यात्रुहरु खयर खोलामा रहेको भेंडी गोठ र ढुङाले बनाईको सानो घरमा कोचिएर बस्नु पर्दछ । कोही आफैले लगेका टेन्टमा बसेर खयर पुजेर आएका पनि थिए । खयर पुजाको बेला पुजा पुज्ने व्यवस्था र पुजारीको व्यवस्थापन पाक्दार गाउँबाट गएका समितिले गर्ने गर्दछ भने भेंडी गोठमा बसेर भेंडाहरु खरीद गरि उनीहरुकै गोठमा खाने बस्ने व्यवस्था मिलाईएको पनि हुन्छ । यस वर्ष टाढा टाढाबाट खयर बराहको दर्शन गर्न दर्शनार्थीहरु गएका थिए । २ सयको हाराहारीमा भेडा र पाठाको बली दिइयो भने पोखराको सिमपानीमा निर्माण गरिएको खयर बराहको थानमा मात्र ८४ र समाजको जग्गामा २० वटा पाठाको बली दिएर खयर बराहनीलाई सम्झिएको थियो ।
मेजन पुन मगर   

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %