जनजाति दिवसमा सुधार्नु पर्ने बुँदा १६, नपर्ने ५

Read Time:6 Minute, 43 Second

नेपाल आदिवासी जनजाति महासंघले १७ औं विश्व आदिवासी दिवसको समिक्षा गर्दै आगामी दिनमा सुधार गर्नुपर्ने १६ बुँदा औंल्याएको छ । महासंघका अध्यक्ष राजकुमार लेखी थारुको अध्यक्षतामा बसेको वैठकले पाँच वटा कुरालाई भने अबका आदिवासी दिवसमा निरन्तर दिन सकिने ठहर गरेको छ ।

आदिवासी दिवस अधिकार केन्द्रित भन्दा पनि मनाउनका लागि मात्रै मनाए जस्तो भएको आरोप लागि रहेको बेला महासंघले गरेको समिक्षा सकारात्मक हो । यद्यपि उसको समिक्षा सैद्धान्तिक र विषयगत नभएर झिना मसिना प्राविधिक कुरामै केन्द्रित छ ।

सुधार गर्नुपर्ने
१ हल भित्र नअटेकाहरुका लागि वाहिर टेण्ट टि भि माईक कुसर्ी राखेर हल भित्रको कार्यक्रम वाहिरा पनि हेर्न र सुन्ने व्यवस्था मिलाउनु पर्ने । प्रतिकुल मौसमको कारण दशरथ रंगशालामा र सबैको दृष्टि नपुग्ने भएकोले प्रज्ञा भवन कमलादीमा कार्यक्रम स्थलको रुपमा उपयुक्त नहुने भएकोले राष्ट्रिय सभागृहमा नै आगमी विश्व आदिवासी दिवस मनाउने ।

२ आदिवासी जनजाति खाना महोत्सवका स्टल राखेको स्थान सबैले देख्ने गरि दक्षिण पट्टीको चउरमा राख्ने । खाना स्टलमा खानाको लागि टेवल र कुसर्ी प्रयाप्त राख्नु पर्ने ।

३ अन्तरकि्रयात्मक कार्यक्रमका आयोजकहरुले उल्ल्लेखनिय संख्यामा सहभागिहरु आमन्त्रण गर्ने र समयमा कार्यक्रम संाचालन तर्फ ध्यान दिनु पर्ने ।

४ प्रमुख अतिथी लगायत अन्य अतिथीहरु कार्यक्रमको अन्तसम्म रहन आग्रह गर्नु पर्ने ।

५ सचिवालयका पदधिकारीहरु कार्यक्रम कार्यन्वयनमा थप सकि्रय हुनु पर्ने

६ सहभागीहरु आंकक्षलाई मध्यनजर राख्दै वक्तव्य र सांस्कृतिक कार्यक्रमहरु क्रमिक रुपमा संचालन गरिनु पर्ने ।

७ जनपरिचालनका लागि लोपोन्मुख तथा अतिसिमान्तकृत जातिय संघहरुलाई आर्थिक सहयोगको व्यवस्था हुनुपर्ने ।

८ कार्याक्रममा आसन ग्रहण क्रम मिलाउन र उपस्थित सभासदज्युहरुलाई असन ग्रहण गराउनु पर्ने । महासंघको सर्वोपरि निकाय जातिय संगठनहरु नै भएकोले संम्बन्धन महासंघ भन्दा अगाडी जातिय संगठनहरु कै अध्यक्षको आसन ग्रहण हुनुपर्ने ।

९ वश्व आदिवासी दिवसवारे महासंघले समयमा जनाकारी दिनु पर्ने र जातिय संम्बन्धन जिल्ला तथा गाउँका संगठनहरुले पनि प्रत्येक वर्ष विश्व आदिवासी दिवस शुरु हुनुभन्दा कम्तिमा एक महिना अगाडी नै महासंघमा संम्पर्क गरेर जानकारी लिनुपर्ने । महासंघको गतिविधीबारे वुभुन महासंघको वेभ साइड र महासंबाट प्राप्त ईमेल नियमित हेर्नुपर्ने ।

१० साचारमाध्यमको ध्यान आर्कषण गर्न आपुनो मोलिक भेषभूषा र गहना लगाएर आएमा राम्रो हुने ।

११ जातिय संगठनका अध्यक्षहरुलाई आसनग्रहण गर्द क्रमिक रुपमा बोलाए राम्रो हुने ।

१२ विश्व आदिवासी दिवसका लागि तय भैसकेका कार्यक्रमहरु जस्तै मोटर साईकल र् यालीबारे महासंघले समान रुपले प्रचार प्रसार गर्नु पर्ने र कार्यन्वयनका लागि आयोजकहरुले पनि कि्रयशिल सकि्रयता देखाउनु पर्ने ।

१३ र् यालीमा संघसंसस्थाका व्यानरहरु माथी उठाउदा पछाडीका सबै सहभागीहरु छेकिने भएकोले व्यानरहरु माथी नउचाल्ने छातिको उचाईमा मात्र उठाउने ।

१४ युवा र विद्याथीहरुको आर्थिक स्रोत अभाव हुने भएकोले कार्यक्रम संाचालन गर्न आर्थिक सहयोग उपलव्ध गराएर युवा र विद्यार्थीहरुको उत्साहित र आत्मविश्वास बढाउनु पर्ने ।

१५ विश्व आदिवासी दिवसको शुभकामना कार्ड विश्व आदिवासी दिवसको परिचय र यस्को उद्वेश्यहरु एक महिना अगाडी नै छापेर जातिय संम्बन्धन संगठन र जिल्लामा वितरण गर्ने ।

१६ र् याली व्यवस्थित गर्न स्वायं सेवकको व्यवस्था गर्ने ।

निरन्तरता दिनुपर्ने
१ मातृ भाषा लगायत अधिकांश अन्तरकि्रयात्मक कार्यक्रमहरु प्रभावकारी भएको । सबै अन्र्तकि्रयात्मक कार्यक्रममा सरकार र दलहरुको प्रतिनिधित्व गराएको अति राम्रो भयो ।

२ र् यालीमा आपुनो भेषभूषा सहितको सहभागीता संख्या उल्लेखनिय र प्रशसनिय भयो ।

३ टेलिभिजनबाट प्रत्यक्ष प्रसारण प्रभावकारी भयो र कार्यक्रमहरुको मिडिया कभरेज राम्रो भयो ।

४ आदिवासी जनजातिको खाना परिकार सहितको खाना महोत्सव प्रभावकारी देखियो ।

५ दलका प्रभावशाली नेतहरु मन्त्री सचिव विदेशी राजदूत विदेशी नियोग राष्ट्रिय स्तरका संघसंस्था आदिवासी जनजाति लगायत नागरिक समाजका लव्ध प्रतिष्ठित व्याक्तित्वहरु सेना प्रहरीका प्रमुखहरु जलपान कार्यक्रममा निमन्त्रणा दिएको राम्रो भयो ।

आगामी वर्ष समेट्ने
१ विश्व आदिवासी दिवसको उपलक्ष्यमा रक्तदान युवा खेलकुद आयोजना गर्नु पर्ने ।

२ सबै जातिय संगठनका तर्फबाट एक पुरुष र एक महिला भेषभूषा र गहना लगाए माचमा परिचय सहित वोलाउने ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %