आफ्नै आमा, श्रीमती, छोरा-छोरीको हत्या सम्भव छ ?

Read Time:1 Minute, 38 Second

घटीया चलचित्र वा उपन्यासको पात्रले समेत नगर्ने कुतृत्व नेपालमा दिनानुदिन बढी रहेको छ ।  आफैले जन्म दिएका छोरीछोरा मात्रे होइन आफ्नै आमालाई हत्या गर्नेहरु धमाधम पक्राउ परेका छन् । यसैवीच काचनपुरको भीमदत्तनगरपालिका-९ मटैनाका धर्मानन्द नाथलाई  आफ्नै आमा श्रीमती छोरा र छोरीलाई हत्या गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको छ ।

नाथलाई घर नजिकैको खोलामा लुकिरहेको अवस्थामा ब्रह्मदेव प्रहरी चौकीबाट खटिएका  टोलीले पक्राउ गरेको हो । नाथमाथि ५० वर्षीया आमा हरया देवी, २५ वर्षीया श्रीमती धना देवी, छ वर्षीय छोरा रवि र चार वर्षीया छोरी रेणुको हत्या गरेको अभियोग लागेको छ । उनीहरु चारै जनाको २८ साउनमा निर्मम तरिकाले हत्या भएको थियो ।

यसैअघि १५ साउनमा पर्वत जिल्लामा आफ्नै बाबुले दुई छोरीहरुलाई (जिल्लावासीलाई जति छोरीहरुको माया आफ्नै बाबुलाई लागेको भए…..)जिउँदै खोलामा फालेको स्विकार गरिसकेका छन् । दुई हप्ता पहिलो कैलालीमा सौतेनी आमाले छोरालाई मारेर फालेका थिए भने छोरी मुश्किलले बाँच्न सफल भएकी छन् ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %