जातीय संघीयता घातक-रामशरण महत

Read Time:1 Minute, 18 Second

नेपाली काँग्रेस नेता डा. रामशरण महतले जातीय र धार्मिक आधारमा प्रदेश निर्माण गर्नु घातक हुने दाबी गरेका छन् । नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी फोरमले साउन ३१ गते राजधानीमा आयोजना गरेको ‘संविधानसभा यथास्थिति र विकल्प तथा सङ्घीयतामा आर्थिक सम्भाव्यता’ विषयक अन्तरकि्रया कार्यक्रममा महतले बहुसांस्कृतिक, बहुभाषिक, बहुजातीय, बहुधार्मिक मुलुक भएकाले संघीयताको आधार जाती र धर्म नहुने धारणा राखेका हुन । महतले आर्थिक सम्भाव्यतालाई आधार बनाउनु पर्ने जिकिर गरे ।

कार्यक्रममा काँग्रेसका अर्का नेता गगन थापाले संघीयतामा जाँदा राष्ट्रिय अखण्डता सार्वभौमसत्ता र लोकतन्त्रलाई ख्याल गर्नुपर्ने बताए । अर्थविद डा.चिराजीवी नेपालले नेपालको सङ्घीयता र आर्थिक सम्भाव्यतासम्बन्धी कार्यपत्र प्रस्तुत गरेका थिए ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %